Monday, January 26, 2015

मायाका कथा

त्यो आकाश मा जब तारा हरु उदाउछन   
झिलिमिली सारा शहर पार्छन
मन मा अनेक रहर हरु जाग्छन
आँखा अघि तिम्रै तस्बिर हरु नाच्छन

म एक्छिन टोलाउछु, आफै लाई भुलाउछु
अनि असंख्य सपना हरु देख्न थाल्छु

तिम्रै छेउ मा बसेर सङै तारा गन्नेे
काध्मा टाउको राखी, चन्द्रमा हेरि टोलाउने
ठुला ठुला स्वोर ले माया का गीत गाउने
तिम्रै अघि तिमि बारे एउटा कबिता रच्ने

अनि जब दिल खोली मुस्काउने छौ तिमी
मेरा साना साना रहर हरु सुनेर
सुस्तरी अङालो मा बेर्ने छु तिमिलाइ
मायाका सबै कथा भन्ने छु तिमिलाइ

No comments:

Post a Comment