Sunday, February 1, 2015

न दिनु पर्ने थियो केही, न लिनु पर्ने थियो केही


आज फेरि तिम्रो नाम मा दिन बिताये
मिठा सम्झना मा कालो रात कटाये

तिम्रै शब्द हरु मनन गरेेे
सोचे, कहिले पो एक वचन काटेे र
तिम्रै कसम हरु सम्झिये
सोचे, कहिले पो बिश्वास तोडे र

तिम्रै न्यानो स्पर्श को अनुभूति गरे
सोचे, कहिले पो आफ्नो ठानिन र
तिमीले देखायेका बाटा समाये
सोचे, कहिले पो हिड्न बिर्सिये र

मन मा तिमिलाइ मात्र बास दिये
जीवनमा सबै भन्दा अग्लो स्थान दिय

उ नजिक थियो, आज धेरै टाढा भयो
मन मा अ्मिट छाप छोडेर बिलायी दियो

आफै ले रचेका शब्द भुल्योे
खायेका कसम भुल्यो
त्यो मीठो स्पर्श भुल्यो
अनि सङै हिडेका बाटो भुल्यो

न दिनु पर्ने थियो केही
न लिनु पर्ने थियो केही

आज फेरि तिम्रो नाम मा दिन बिताये
मिठा सम्झना मा कालो रात कटाये

No comments:

Post a Comment